ढुंगा लागेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
काठमाडौं । बझाङमा ढुंगा लागेर स्वास्थ्य स्वयंसेविकाको ज्यान गएको छ।
थलारा गाउँपालकिा-९ आमजगरस्थित भुवा टोली ३८ वर्षीया स्वास्थ्य स्वयंसेविका पच्चकला जोशीको ढुंगाले लागेर मृत्यु भएको हो।
शनिबार दिउँसो मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको बेलामा माथिबाट ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment