चितवनमा गैंडाको आक्रमणबाट दुई जना घाइते

डिसी नेपाल
१६ पुष २०८१ १२:३९
108
Shares

चितवन । पूर्वी चितवनमा गैंडाको आक्रमणमा परी दुईजना घाइते भएका छन्। खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६:२० बजे घरमा आगो तापिरहेको समयमा गैंडाले आक्रमण गरेको हो।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *