सहकारी ठगी प्रकरण : रविसहितको थुनछेक बहस कहिलेबाट?

डिसी नेपाल
१६ पुष २०८१ १४:०७
752
Shares

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा अभियुक्तहरूसँग न्यायाधीशको बयान अन्तिम चरणमा पुगेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेसमेत जोडिएको उक्त प्रकणमा हालसम्म ६ जनाको बयान सकिएको हो। आज प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको छ।

लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाई, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग यसअघि नै बयान सकिएको हो। आरतीसँग बयान सकेर आजै थुनछेक बहस सुरु हुने बताइएको छ।

यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ। सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगसमेत दायर छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *