बन्दुकसहित दुई जना पक्राउ

डिसी नेपाल
१६ पुष २०८१ १४:३८
88
Shares

काठमाडौं । सर्लाहीबाट भरुवा बन्दुकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सोमबार राति प्रहरीले हरिवन नगरपालिका–६ चारली चोकबाट एक थान एकनाले भरुवा बन्दुक, ५० ग्राम बारुद र ४७ पिस छर्रा बेरिङसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ स्थित भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्रकुमार घिसिङ र बागमती नगरपालिका–२ का ३५ वर्षीय रत्नलाल जिम्बा छन्।

अस्थायी प्रहरी पोस्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुंग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हतियारसहित पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *