लागूऔषधसहित कैलालीबाट एक जना पक्राउ

डिसी नेपाल
१६ पुष २०८१ १५:२३
36
Shares

धनगढी । धनगढी उपमहानगरपालिका-७ मनेहराबाट लागूऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ सन्तोषी २५ वर्षीय नितेश ओली रहेका छन्। उनलाई सोमबार बेलुका प्रहरील‍े पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित पक्राउ गरेको र घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *