मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

डिसी नेपाल
१६ पुष २०८१ १६:४२
648
Shares

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौंको तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित सडकमा बा ९६ प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सखुंवासभाको चैनपुर नगरपालिका-९ घर भई काठमाडौं बौद्ध बस्ने ३३ वर्षीय कमल राईको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रीन सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *