पाँच लाख भारुसहित एक जना पक्राउ

डिसी नेपाल
१६ पुष २०८१ १७:३३
188
Shares

धनगढी । सशस्त्र प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट श्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका २८ वर्षीय नवराज जैशी रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार पुस १३ गते साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका जैशीलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो। उनलाई चेकजाँच गर्दा ५ लाख भारतीय रुपैयाँ फेला परेको थियो। पाँच सय दरका १ हजार नोट रहेको रकमको श्रोत खुलाउन नसकेपछि जैशीलाई पक्राउ गरिएको हो।

बरामद गरिएको रकमसहित पक्राउ परेका जैशीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको सीमा सुरक्षाका लागि गरिएको चेकजाँच अभियानका क्रममा यस्तो रकम फेला परेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *