कञ्चनपुरमा किशोरीलाई अपहरणपछि बन्धक

डिसी नेपाल
१६ पुष २०८१ १७:५५
396
Shares

धनगढी । कञ्चनपुरमा एक किशोरीलाई अपहरण गरेर बन्धक बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पुस १३ गते दिउँसो १६ वर्षीया किशोरीलाई अपहरण गरेर बन्धक बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

भीमदत्त नगरपालिका–६ स्थित शिव मन्दिर नजिक नहरमा साथीसँग जादै गरेको अवस्थामा हामी प्रहरी हौं भन्दै नम्बर एकिन नभएको मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले अपहरण गरेरका थिए। उक्त सूचना कञ्चनपुर प्रहरीले प्राप्त गरेपछि पिडित किशोरीलाई पौष १४ गते बिहान भीमदत्त नगरपालिका–१६ वसन्तपुरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए।

उनका अनुसार भीमदत्त नगरपालिका–१६ का ३५ वर्षीय महेशसिंह खत्री र सोही स्थानका ३३ वर्षीय धुर्व जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

दुवै जनाले कसूर गर्दा प्रयोग गरेको बा ५५ प ९६१३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेर अपहरण तथा शरीर बन्धक लिन नहुने कसूरअन्तर्गत जिल्ला अदालत कञ्चनपुरबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *