एकै परिवारका तीन भारतीयले गरे बालिकाको अपहरण

डिसी नेपाल
१७ पुष २०८१ १६:२०
632
Shares

काठमाडौं । १४ वर्षीया बालिकालाई अपहरण गरी भारत लगेको आरोपमा लमजुङ प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।

भारतको मोतिहारी घोडासान थाना बकुलिया-५ घर भई हाल बेंसीसहर नगरपालिका-७, सहजी बस्दै आएका ४० वर्षीय शेख सइतुला, उनकी श्रीमती र छोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बालिकालाई मंसिर २४ गते बिहान साँढे ८ बजेतिर परिवारलाई थाहै नदिई बेंसीसहरबाट लगेको र नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट उद्दार गरी ल्याइएको प्रहरीको भनाइ छ। सोही क्रममा उनीहरू पक्राउ परेका हुन्।

शेखले आफ्नो छोराले भगाएर लगेको भनी किशोरीकी आमालाई फोन गरेपछि घटना बाहिरिएको थियो। जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले किशोरीलाई उद्दार गर्नुका साथै घटनामा संलग्न तीन जनालाई पक्राउ गरी सोमबार ल्याएको र मंगलबार अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर मुद्दामा लमजुङ जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको बताए।

शेख परिवार बेंसीसहरमा बसेर सिरक डसनाको काम गर्दै आएका थिए। उनीहरूले किशोरीलाई भारत लैजानुअघि मोवाइलसमेत किनिदिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *