स्कारपियोमा गाँजा ओसारपसार, दुई जना पक्राउ

डिसी नेपाल
१७ पुष २०८१ १७:२५
152
Shares

विराटनगर । १ सय ५५ केजी गाँजासहित मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मंगलबार राति १०:१५ बजे धरानबाट विराटनगर हुँदै भारत गइरहेको को १ च ९५८२ नम्बरको स्कारपियोबाट १ सय ५५ केजी गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

गाँजासहित स्कारपियो चालक धरान–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटा सहिद भूमि गाउँपालिका–६ का १९ वर्षीय सुरज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीले आज अपरहान्ह पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय रानीको टोलीले आइसीपी जाने बाटो विराटनगर–१८ मा चेक जाँच गर्ने क्रममा प्रहरी घेरा तोडेर भागेको स्कारपियोलाई पिछा गर्ने क्रममा जहदा गाउँपालिकाबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले बरामद गरिएको १ सय ५५ केजी गाँजाको भारतीय बजार मूल्य २० लाख रुपैयाँ भन्दा बढी मूल्यको रहेको छ।

प्रहरीले बुधबार नै मोरङ जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागूऔषध मुद्दामा विश्वकर्मा र राईलाई म्याद थप गरी थप अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता एवं सूचना अधिकारी डिएसपी वेदप्रकाश जोशीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *