मोबाइल लोकेसनबाट चोर युवाहरूको नियन्त्रणमा, ८ लाखको समान बरामद

डिसी नेपाल
१८ पुष २०८१ १४:४८
184
Shares

रौतहट । रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा गएराति युवाहरूले मोबाइल लोकेशनका आधारमा चार जना चोरलाई पक्राउ गरेका छन्।

घटनाको समय प्रहरीले सहयोग नगरेको युवाहरूले गुनासो गरेका छन्। दिनभरी गाउँ घुमेर भिक्षा माग्ने र राती चोरी गर्ने गिरोहका चार जनालाई युवाहरूले पक्राउ गरेर इलाका प्रहरी कार्यालय बिजयपुर बुझाएका छन्।

चोरलाई पछ्याउँदा इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले सहयोग नगरेको उनीहरू गुनासो छ। फतुवा विजयपुर–६ पेटभर्वा गाउँका अच्छेलाल साहको घरमा बुधबार राति करिब १२ बजेको समयमा चोरले सुरुङ खनेर घरभित्र रहेको पाँच वटा मोबाइल, गरगहना र नगद दुई लाखसहित पाँच लाख बढीको सामान चोरेरका थिए।

पीडित परिवारले फोन गरेर इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराउँदा कुनै वास्ता नगरेपछि गाउँका युवाले चोरी भएको मोबाइल लोकेसनका आधारमा पछ्याएका थिए।

खोजी गर्दै जाँदा फतुवा गाउँछेउको मठ नजिक चार जना चोरलाई युवाले समातेका थिए। उनीहरूको साथबाट चोरी भएका मोबाइल, गरगहना, नगद बरामद भएपछि युवाले इलाका प्रहरी कार्यालय बिजयपुरमा बुझाइएको स्थानीय राजकिशोर साहले बताए।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले घटनाका दोषीलाई कारबाही गरिने बताएका छन्।

पक्राउ पर्नेमा स्थायी ठेगाना नखुलेका ६५ वर्षीय रामायण नट, ६० वर्षीय लक्ष्मण नट, ३५ वर्षीय मनोज नट र ३४ वर्षीय सुनिल नटछन्।

उनीहरू बसेकै ठाउँबाट सानो मोबाइल (किप्याड) ६ थान, ठूलो मोबाइल (टच स्क्रिन) ३ थान र चार्जर ३ फेला परेको डिएसपी रायले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *