तरुणदल अध्यक्ष सात महिनादेखि फरार

डिसी नेपाल
१९ पुष २०८१ १२:२८
808
Shares

काठमाडौं । कांग्रेसको भातृसंगठन नेपाल तरुणदल लमजुङका अध्यक्ष ललित कुमार गुरुङ फरार छन्। बैंकिङ कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन्।

२०८१ जेठबाट उनी फरार रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। काठमाडौंस्थित सूचना प्रविधिसम्बन्धी कम्पनी जेनेस सोलुशनले उनीविरुद्ध ललितपुर प्रहरीमा जाहेरी दिएको थियो।

उक्त कम्पनीलाई जग्गा ‘बिक्री गर्छु’ भन्दै दुई करोड रुपैयाँ बैना लिएर अर्कैलाई जग्गा बेचेर ठगी गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको हो।

जेनेस सलुशनले पोखरा महानगरपालिका–१२ मा रहेको १३ आना जग्गा खरिद गर्न गुरुङलाई बैना दिएको थियो।

जग्गा अर्कैलाई बेचेपछि उनले कम्पनीलाई एक करोड ६५ लाखको चेक दिएका थिए। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको चेक जावलाखेल शाखाबाट बाउन्स भएपछि उनी फरार छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *