नेकपा बहुमतका नेताले हिँड्दै गरेका दम्पत्तीको नाक काटिदिएपछि…

डिसी नेपाल
१९ पुष २०८१ १२:५५
564
Shares

काठमाडौं । बाटो हिँड्दै गरेका पतिपत्नीको नाक काटेको आरोपमा दाङ प्रहरीले नेकपा बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खड्कालाई पक्राउ गरेको छ।

घोराही उमहानगरपालिका-१५ बिपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतको नाक काटेको आरोपमा उनी पक्राउ परेका हुन्।

गत मंसिर ६ गते घोराही-१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला धारिलो हतियार प्रहार गरी बस्नेत दम्पत्तीको नाक काटेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यसयता फरार रहेका उनलाई घोराही–१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी ईश्वर थापाले बताए।

खड्काविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय दाङबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको प्रहरीको भनाइ छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *