राखेपका नवनियुक्त सदस्यहरुलाई पद तथा गोपनियताको सपथ

डिसी नेपाल
१९ पुष २०८१ १६:१७
116
Shares

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएका सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराइएको छ।

शुक्रबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री तेजुलाल चौधरीले परिषद्को सदस्यमा नियुक्त भएका ८ जनालाई पद तथा गोपनियताको सपथ गराएका थिए।

केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद परिषद्को सदस्यमा शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतसिंह धामी र भानबहादुर चन्दलाई चार वर्षका लागि नियुक्त गरेको थियो।

परिषद्का सदस्यहरुलाई सपथ गराउँदै मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *