वैदेशिक रोजगारको प्रलोभनमा पारी ठगी गर्ने एक जना पक्राउ

डिसी नेपाल
१९ पुष २०८१ १७:०६
224
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका-६ घर भइ काठमाडौं नागार्जुन बस्ने ४६ वर्षीय कृष्णबहादुर ढकाल छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनले क्यानडा पठाउने भन्दै चार लाख रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको एसपी काजिकुमार आचार्यले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *