बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
बाँके । बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन्। साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ।
अस्पताल प्रमुख मंगल थारूले कुष्ठरोगीमध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१, रोल्पाका पाँच, दैलेखका चार र सुर्खेतका एकजना रहेका छन्। पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीहरूमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको पाइएको उनले जानकारी दिए। साइनिङ अस्पतालले बहिरंग सेवामार्फत १७ हजार दुई सय ६५ जनालाई सेवा प्रदान गरेको जनाएको छ।
अस्पतालले कुष्ठरोगीको पहिचान, अपांगता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदाय स्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको जनाएको छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment