पत्रकार पुडासैनीको निधन
काठमाडौं। पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति ११ बजेति निधन भएको हाे।
पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। हृदयघातको लक्षण देखिए पनि मृत्युका खास कारण थाहा भइसकेको छैन।
पुडासैनी सरस्वती नगरमा रहेको डेरामा एक्लै बस्दै आएका थिए। प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईनमा कार्यरत थिए।
उनले यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका सञ्चार माध्यमामा काम गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment