हृदयघातबाट प्रशासन सहायकको निधन

डिसी नेपाल
२१ पुष २०८१ १६:३७
208
Shares

कालिकोट। हृदयाघातबाट कालिकोटको महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ।

आइतबार बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए।

१७ वर्षअघि उनी राष्ट्र सेवामा प्रवेश गरेका थिए। उनका श्रीमती, एक छोरा र दुई छोरी छन्।

सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए। उनले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्र सेवक गुमाएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *