प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद
काठमाडौं। चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट प्रहरीले १५ हजार ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद गरेको छ।
प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुंगाबाट खटिएका प्रहरीले सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६८१८ नम्बरको बस जाँच गर्ने क्रममा डिकीमा राखी ल्याएको उक्त परिमाणको लागुऔषध फेला पारी आज बरामद गरेको हो।
उक्त लागुऔषधबारे अनुसन्धान गर्ने क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने २७ वर्षीय किरण श्रेष्ठको संलग्नता रहेको सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment