विमानस्थलबाट फेरी भित्रियो अवैध सुन, एक जना पक्राउ

डिसी नेपाल
२३ पुष २०८१ १३:१८
716
Shares

काठमाडौं । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङ छन्। उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

भन्सार छली लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुनको ढिक्का एक थान र औठी एक थानसहित उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट प्रहरीले पक्राउ गरिएको जनाएको छ।

उनी एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका थिए। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *