मितेरी सहकारी प्रकरण

धनराज गुरुङसँग सीआईबीले लियो दोस्रो पटक बयान

डिसी नेपाल
२३ पुष २०८१ १८:४०
668
Shares

काठमाडौं। मितेरी सहकारी ठगीबारे नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले दोस्रो पटक बयान लिएको छ। गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर करिब ५ घण्टा सोधपुछ गरिएको हो।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको घटनामा यसअघि कार्तिक २८ मा प्रहरीले उनलाई सोधपुछ गरेको थियो।

सहकारीको रकम हिनामिना गरेको भन्दै सहकारीका सञ्चालक ज्योति गुरुङसहित ५ जना विरुद्ध जाहेरी परेको छ।

प्रहरीले गुरुङसँग उनकी पूर्व पत्नि ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण, र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धि सोधपुछ गरेको बताइएको छ। गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ साल देखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन।

उनीहरूको बिचमा २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको भेटिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *