बर्दियामा सवारी दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
२३ पुष २०८१ १९:१७
148
Shares

बर्दिया । मोटरसाइकल दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार राजापुर नगरपालिका-६ महादेउली बस्ने २४ वर्षीय टोपेन्द्र बुढा क्षेत्रीको मृत्यु भएको हो।

मधुवन नगरपालिका-४ गम्का चोकस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको से.१३ प ४१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *