टिकटकर तीखे बैरागीको बसको ठक्करबाट महिलाको निधन
दाङ । तुलसीपुरमा बसको ठक्करबाट आज एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा तुलसीपुर-५ की ३९ वर्षीया महिला रहेकी छन्।
उनलाई लु.प्र. ०२००१ ख ४४ नम्बरको बसले ठक्कर दिएको थियो। नयाँ बसपार्कको गेटभित्र जान लागेको बसले पैदल यात्री महिलालाई ठक्कर दिँदा घाइते भएकी थिइन्।
उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। बस चर्चित टिकटकर तीखे बैरागीको भएको प्रहरीले जनाएको छ।
बस चालक खिमराज वलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment