ड्युटीमै ढलेका प्रहरीको निधन

डिसी नेपाल
२४ पुष २०८१ १६:२२
1.1k
Shares

धनगढी । डोटीमा ड्युटीमा खटिएको अवस्थामा ढलेका प्रहरी सहायक हवल्दारको निधन भएको छ। ज्यान गुमाउनेमा इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हबल्दार ३६ वर्षीय बहादुरसिंह पाली छन्।

कार्यालयको सुरक्षा ड्युटीमा खटिएका बेला बुधबार बिहान ३ बजेतिर प्रहरी उनी ढलेका थिए। उपचारका लागि कैलालीको धनगढी लगिएकोमा बिहान साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए।

पाली डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का हुन्। उनका श्रीमति र १५ वर्षीया छोरी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *