सडक विभागका सब-इन्जिनियर बर्खास्त

डिसी नेपाल
२४ पुष २०८१ १६:३२
276
Shares

काठमाडौं । सडक विभागअन्तर्गत सडक डिभिजन हेटौंडामा कार्यरत सब-इन्जिनियर पवन भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ। विभागले बुधबार एक सूचना प्रकाशित गर्दै उनलाई सेवाबाट बर्खास्त गरिएको जनाएको हो।

नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहको हाइवे उपसमूह राजपत्र अनकिंत प्रथम श्रेणी (प्राविधिक) तर्फका सब इन्जिनियर भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुरमा हटाइएको विभागले जनाएको छ।

‘सब-इन्जिनियर पवन भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुर र सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम बर्खास्त गरिएको छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ। उनलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *