भारतमा एक नेपालीको निधन
धनगढी । बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ।
जिल्लाको सुर्नया गाउँपालिका–७ पत्थरकोटका अन्दाजी ४५ बर्षीय हिक्मत लुहारको भारतमा मृत्यु भएको हो।
रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा बस्दै आएका लुहारको सोमबार राति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।
परिवारसहित बेंगलोरमा बस्दै आएका लुहारको एक्कासी बिरामी भएर मृत्यु भएको बताइएको छ। मृतक लुहारकी श्रीमती, दुई छोरी र एक छोरा छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment