रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
२४ पुष २०८१ १८:३०
132
Shares

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालित अभियान अन्तर्गत मंगलबार एकैदिनमा २० जना फरार प्रतिवादीहरू लाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर फरार रहेका जालसाजी मुद्दाका ११ जना, चोरी तथा डाँका मुद्दाका ३ जना, लेनदेन मुद्दाका २ जना , कुटपिट मुद्दाका २ जना तथा सवारी ज्यान र बिगो सम्बन्धी मुद्दाका एक एक गरी २० जना पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताएका छन्।

पक्राउ परेका सबै जनालाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको रौतहट प्रहरीको सूचनामा उल्लेख गरिएको छ। एसपी घिमिरेको निर्देशनमा सञ्चालित अभियान अन्तर्गत सयौँ फरार प्रतिवादी लाई पक्राउ गरिनुका साथै जिल्ला प्रहरी कार्यालय रौतहटले झण्डै २ करोड बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *