लागूऔषध मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि प्रहरी नियन्त्रणमा
काठमाडौं । कपिलवस्तुको बिजयपुर गाउँपालिका–१ बाट लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २५ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५१ वर्षीय कृष्ण बहादुर चौधरी छन्।
२०५६ चैतमा कपिलवस्तु जिल्ला अदालतले चौधरीलाई तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला गरेकोमा उनी फरार रहँदै आएका थिए।
इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment