टीकापुर जग्गा प्रकरणमा ११ जना दोषी ठहर

डिसी नेपाल
२५ पुष २०८१ २३:२९
264
Shares

काठमाडौं। कैलालीको टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गा घोटाला प्रकरणमा ११ जना दोषी ठहर भएका छन्।

२४९ जनाविरूद्ध मुद्दा दायर भएकोमा विशेष अदालतले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित ११ जनालाई दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार जोशीसहित उपसमिति संयोजक गणेशसिंह रावल, सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्रबहादुर कुँवर, पदमराज न्यौपाने, खडगबहादुर शाह, अम्बादत्ता जोशी, योजना प्रमुख बलबहादुर कडायत, नापी अधिकृत मानबहादुर चन्द र मालपोत अधिकृत जयबहादुर विष्टलाई दोषी ठहर गरेको हो।

अरु सबै आरोपितहरूले सफाइ पाएका छन्। त्यसैगरी व्यक्तिको नाममा कायम भएको जग्गा जफत हुने अदालतको आदेश भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *