श्रीमान्को अचानो प्रहारबाट श्रीमतीको निधन
काठमाडौं । श्रीमती हत्याको आरोपमा तनहुँ प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार छन्। उनले ३८ वर्षीया श्रीमती पार्वती सुनारको हत्या गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ।
प्रहरीका अनुसार घरायसी विषयमा विवाद हुँदा दिलबहादुरले बिहीबार राति अचानो प्रहार गर्दा पार्वतीको ज्यान गएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment