हत्या अभियोगमा एक जना पक्राउ
धादिङ । खनियाबास गाउँपालिका-१ झार्लाङ बस्ने ४५ वर्षीय राम बहादुर तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय नेशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
नेशन र सोही ठाउँ बस्ने ४५ वर्षीय खलासे तामाङले लेनदेन विवादको क्रममा पुस १४ गते राति कुटपिट गर्दा गम्भीर घाइते भएका राम बहादुरको जिल्ला अस्पताल धादिङबेशी हुँदै मनमोहन अस्पताल स्वयम्भु काठमाडौंमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो। हाल फरार खलासेको प्रहरीले खोजी गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment