सामान्य प्रशासन मन्त्रालयलाई बालेनको पत्र, मागे प्रशासकीय अधिकृत
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकिय अधिकृत माग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका छन्। बुधबार मन्त्रालयलाई पत्र लेख्दै नयाँ प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका हुन्।
‘काठमाडौं महानगरपालिकामा खटि आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा हाल उहाँ विदामा बस्नु भएकाले स्थानीय सरकार ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ,’ पत्रमा लेखिएको छ।
काठमाडौं टावरको विवादमा मुछिएपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई मेयर शाहले छानविन नसकिएसम्मको लागि बिदामा बस्न भनेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment