२५ दिनमा आठ सय २२ फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
२६ पुष २०८१ १९:३८
60
Shares

काठमाडौं। फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गरेको काठमाडौं प्रहरीले २५ दिनमा आठ सय २२ फरार प्रतिवादी पक्राउ गरेको छ। यो सङ्ख्या हिजो बिहीबारसम्मको हो।

काठमाडौं प्रहरीले विभिन्न स्थानबाट एक सय २२ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालत पेस गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

काठमाडौं प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन र मङ्सिरमा दुई सय आठ फरार प्रतिवादी पक्राउ गरी कारागार चलान गरिसकेको छ। साउनदेखि यही पुस २५ गतेसम्म एक हजार आठ सय ४५ फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

अदालतले विभिन्न कसुरमा उनीहरूविरुद्ध रु चार करोड ८२ लाख ३६ हजार पाँच सय ८५ जरिवाना र एक सय ४३ वर्ष आठ महिना २६ दिन कैद फैसला गरेको छ। अदालतको फैसलालगत्तै उनीहरू फरार रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *