श्रीमान‍्बाटै मारिइन् रुपन्देहीमा महिला

डिसी नेपाल
२७ पुष २०८१ १६:२५
364
Shares

रूपन्देही । श्रीमतीको हत्या आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४० वर्षीया कमला सेन खड्काको हत्या अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको ह‍ो।

घरायसी विषयमा झगडा हुँदा रूद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *