मलद्वारमा लुकाएर ल्याइएको सुन एयरपोर्टबाट तीन जना पक्राउ

डिसी नेपाल
२७ पुष २०८१ १६:३६
272
Shares

काठमाडौं । सुनजस्तो देखिने धातुसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीका २७ वर्षीय शिवशंकर चौधरी छन्।

हिमालय एयरलाइन्सको उडानमार्फत कतारको दोहाबाट उनीहरू काठमाडौं आएका थिए। भन्सार छली लैजान लागिएको उक्त धातुसहित शुक्रबार (हिजो) उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा मलद्वारभित्र लुकाइएको सुनजस्तो देखिने धातुसहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो। कृष्णप्रसादको साथबाट ५८.३३ ग्रामको सिक्री, मोहम्मदको साथबाट ५८.३३ ग्रामको सिक्री र शिवशंकरको साथबाट ५८.३३ ग्रामको सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ।

आवश्यक अनुसन्धान एवं कारबाहीका निम्ति उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.