शिव संगम राईको शब्द तथा संगीतमा पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक
काठमाडौं। नेपाली सांगीतिक बजारमा धेरै समयपछि पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक गरिएको छ। शिव संगम राईको शब्द तथा संगीतमा रहेको गीतमा पुर्वेली लोक सस्कार र सस्कृतिलाई समेटिएको छ।
ग्रामीण परिवेशमा रहेको जीवनलाई आकर्षक ढंग मार्फत गीतका भावमा शब्दहरु व्यक्त गरिएको छ। आफनो घर आगँन र मौलिक लोक सस्कृतिका विभिन्न पक्षलाई समेटिएका कारणले एक उत्कृष्ट गीत बनेको गायक शिव संगमको दावी छ। गीतलाई सुन्दर लामाले एरेन्ज गरेका हुन्।
योगेश दाहालको छायाँकन , राकेश दाहालको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका निर्देशक जस बहादुर याक्खा जसुको निर्देशनमा भिडियो निमार्ण गरिएको छ। दुरेन योङहाङ लिम्बु र विमला खाजुम लिम्बुको जिवन्त अभिनय देख्न सकिन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment