सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

डिसी नेपाल
२ माघ २०८१ १०:३६
116
Shares

काठमाडौं। विपक्षी दलहरुको बैठक जारी छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक बिहान ९ बजेदेखि सिंहदरबारमा जारी रहेको हो।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी छन्। बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन्।

वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *