लक्ष्मण र सीताको ‘न सताउ मलाई’ बजारमा
काठमाडौं । लक्ष्मण लिम्बु र सीता सिङ्क लिम्बुको आवाजमा रहेको रोमान्टिक नेपाली गीत ‘न सताउ मलाई’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। यो गीतले प्रेमभावका गहिरा र मधुर पललाई चित्रण गरेको छ।
गीतमा शब्द लेखु सहयात्री र संगीत कमल रसाइलीको रहेको छ। गीतलाई विशेष बनाउने क्रममा एरेञ्जमेन्ट देवेश राईले गरेका छन्।
भिडियोमा कलाकार मिलन शंकर र अनिमा विश्वकर्माको सशक्त अभिनय देख्न सकिन्छ। सिक्लेश गाउँको मनोरम दृश्यले सजिएको यो भिडियो विशाल थापाले छायांकन गरेका हुन्।
मेकअपमा सृष्टि थापा रहेको भिडियोका सहायक निर्देशक सुनिल बुढाथोकी र प्रोडक्सन कन्ट्रोलर विक्रम तामाङ हुन्। यस भिडियोका निर्देशक दिलीप समन हुन् भने गीतलाई समीप इन्टरटेन्मेन्ट युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment