सत्ताको दुरुपयोग भयो : माधव नेपाल

डिसी नेपाल
२ माघ २०८१ १७:५३
80
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सत्ताको दुरुपयोग भइरहेको आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले संविधान र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको र सत्ताको दुरुपयोग भइरहेको बताए। संसदीय समितिमा विधेयक रहेको अवस्थामा नियमविपरित अध्यादेश ल्याउने काम भइरहेकाले खवरदारीका साथ दवाव दिनुपर्ने उनले बताए।

उनले समितिमा विचाराधीन विधेयक फिर्ता भएपछिमात्रै अध्यादेश ल्याउन मिल्ने जिकिर गरे। अध्यादेश ल्याउनै पर्ने भए सवै दलसंग छलफल गर्दा राम्रो हुने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *