संसदका बिपक्षी दलले आज संयुक्त पत्रकार सम्मेलन गर्दै
काठमाडौं। संघीय संसदका विपक्षी ६ दलहरूले आज पत्रकार पत्रकार सम्मेलन गर्दैछन्। हिजो बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन्।
अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए।
आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको छ। बिपक्षीहरूको साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकेको थियो।
आजको पत्रकार सम्मेलनमा बिपक्षी दलका शिर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ। समय र स्थानबारेमा भने खुलाइएको छैन ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment