लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो
लुम्बिनी। लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ। प्रसूति सेवा विस्तार गर्दै तीन वटा शल्यक्रिया कक्ष थप गरिएको हो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज सो प्रसूति शल्यक्रिया कक्षको औपचारिक उद्घाटन गरे। उपचार सेवालाई छिटोछरितो बनाउन थप गरिएका शल्यक्रिया कक्ष महत्वपूर्ण हुने उनले बताए। उनले भने, ‘अब शल्यक्रियाका लागि बिरामीले पालो पर्खनुपर्ने समस्या समाधान हुन्छ भन्ने लागेको छ।’
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यमन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव डा वासुदेव उपाध्याय, स्वास्थ्य निर्देशक डा विनोद गिरी, अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा इन्द्र ढकाललगायतको सहभागिता थियो।
विगत तीन वर्षको तथ्यांकअनुसार अस्पतालमा वार्षिक नौ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा गत आर्थिक वर्षमा १२ हजार ९८ जनाले प्रसुती सेवा लिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment