प्रदेश नम्बर दुई : नाम मधेस प्रदेश, राजधानी जनकपुर

डिसी नेपाल
४ भदौ २०७६ ८:१९

प्रदेश नं. २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन्। त्यो हो प्रदेशको नाम र राजधानी। मलाइ लाग्छ यो सँगसँगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन। यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो। जे भए पनि सदनमा प्रस्तुत प्रदेश नं.२ को नाम र राजधानीको बिषयमा बहस, छलफल र चर्चा सर्बत्र जारी छ।

नामको सबालमा ब्यक्ति तथा दलहरुले स्कुलिङ तथा पृष्ठभूमिको आधारमा तर्क गरिरहेका छन् भने राजधानीको सन्दर्भमा भूगोल (पायक पर्ने र केही हदसम्म बीचमा पर्ने) मनोविज्ञानले काम गरिरहेको छ। तर मोटामोटी जनकपुरप्रतिको स्वीकार्यता महसुस गर्न पाइन्छ। जहाँसम्म प्रदेशको नामाकरणको सबाल छ, निकै जटिल र पेचिलो बिषय बन्दै गइरहेको छ। दुई तिहाई बहुमतले पारित गर्नुपर्ने कानुनी प्रावधानले बिगत डेढ वर्षदेखिको गाँठोलाई झन दरिलो बनाइदिएको छ। यसमा दुई वटा दृष्टिकोण स्पष्ट देखिन्छ।

१. सत्तापक्ष (सपा-राजपा) मधेस आन्दोलनको पृष्ठभूमि र खासगरी २०६३/२०६४ र २०७२ आन्दोलनको सबभन्दा लोकप्रिय नारा “मधेस प्रदेश” को पक्षमा देखिन्छ। साथै राज्यपक्षसँग भएको ऐतिहासिक ८ बुँदे सम्झौतामा उल्लेख भएअनुसार “मधेस प्रदेश लगायत अन्य प्रदेशहरु हुनेछ” भावनाको कदर गर्दै साथै स्वस्फुर्त रुपले जनआक्रोशले प्रायस सबै साइनबोर्डमा नेपाल सरकारको ठाउँमा मधेस सरकार लेखेर जनमत प्रकट गरिसकेको अवस्था छ।

नामको सबालमा ब्यक्ति तथा दलहरुले स्कुलिङ तथा पृष्ठभूमिको आधारमा तर्क गरिरहेका छन् भने राजधानीको सन्दर्भमा भूगोल (पायक पर्ने र केही हदसम्म बीचमा पर्ने) मनोविज्ञानले काम गरिरहेको छ। तर मोटामोटी जनकपुरप्रतिको स्वीकार्यता महसुस गर्न पाइन्छ। जहाँसम्म प्रदेशको नामाकरणको सबाल छ, निकै जटिल र पेचिलो बिषय बन्दै गइरहेको छ।

मधेस शब्दावली राजनीतिक रुपमा स्थापित भइसकेको छ। यो राज्यको एउटा पक्षको रुपमा मजबुतीका साथ प्रस्तुत भएको छ। मधेस भन्ने बित्तिकै पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण जातजाति भाषाभाषि वर्ग समुदायलाई समेट्छ। यो भूभागका सम्पूर्ण जनसमुदायको पहिचान, स्वाभिमान र सम्मानको प्रतिनिधित्व गर्छ। जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको मुटु काँप्छ। जहाँसम्म हाम्रै कतिपय मधेसवादी मित्रहरु मध्यमधेसको वकालत गर्दै आएका छन्।

उहाँहरुसँग मेरो अनुरोध छ, मधेसलाई हामी आफैले मध्य, पूर्व, पश्चिम, सुपको नाममा बिभाजन नगरौं। एक मधेसको अवधारणामा नै अगाडि बढौं। तसर्थ यो प्रदेश नं.२ को नाम मधेस प्रदेश राखेर मधेसको अन्य जिल्ला तथा भूभागहरुको भावनालाई समेटेर दीर्घकालीन रणनीतिकासाथ समग्र मधेस प्रदेश प्राप्तिको लक्ष्यमा अगाडि बढौं ।

२. प्रतिपक्ष नेकपा र नेकाको धेरै हदसम्म प्रदेश नामाकरण सम्बन्धी अबधारणा लगभग एउटै हो। एउटाले मिथिला-भोजपुरा र अर्कोले मिथिला भनेको यदाकदा सुन्नमा आएको छ। यद्यपि संघीयता, प्रदेशबारे यी दुईवटै दल कन्फ्युजनमा देखिन्छ। यी दलहरु बीच एउटा सामिप्यता छ,त्यो हो मधेस आन्दोलनको ताकतमा स्थापित संघीयता र मधेस आन्दोलनको सबभन्दा लोकप्रिय नारा “मधेस प्रदेश” को बिरोध गर्नु।

लेखक

यो बाहेक यि दुई दलबीच अरुकेही मिल्दैन। उहाँहरुले कर्मकाण्डी नै भए पनि प्रतिपक्षी धर्म निर्वाह गरिरहेका छन्। नेकपा र नेकाले सात प्रदेश मध्ये कहिकतै पनि भाषाको आधारमा प्रदेशहरुको नामाकरणबारे बोलेको छैन। तसर्थ यी दुईटै दलको मुख्य अभिप्राय मधेसी जनताको चाहनामा आघात पुर्याउनु हो यस बाहेक केहि होइन।

अन्त्यमा, आजको दिनमा मधेस यो देशमा एउटा राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ। यो पूर्व देखि पश्चिम सम्मको सम्पूर्ण तराई मधेशको जिल्ला, समुदाय, भुगोल, संस्कृति, भाषा, पहिचान समग्रलाई जोड्ने एउटा मात्र शस्त्र र शास्त्र हो। यो प्रदेश नं २ लाई भौगोलिक र राजनीतिक वैमनस्यताको कारण आठ जिल्लामा मात्र सिमित गरिएको भएता पनि यसले पुर्बको झापा,मोरङ र सुनसरीको पनि भावना समेटेर अगाडि बढ्दैछ।

पश्चिमको मकवानपुर, चितवन, दाङ, नवलपरासी, रुपन्देही, र कपिलवस्तुका साथै बाँके-बर्दियाको पहिचान स्वाभिमान र सम्मानको निम्ति लडिरहेको छ। त्यति मात्र नभई सुपका थारु दाजुभाई तथा दिदीबहिनीहरुको अस्तित्व रक्षाको लागि पनि संघर्षत छन्। तसर्थ, मधेस प्रदेश एकमात्र विकल्प हामी सामु खडा छ। यो नामलाई स्वागत गरौं। जहाँ जे पार्टी रहनुस्। तपाइँको अस्मिता र अस्तित्वको रक्षा मधेसले नै गर्ने छ।
लेखक दुई नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *