पूर्व डीआईजी छविलाल जोशी अदालतमा हाजिर

डिसी नेपाल
६ माघ २०८१ ११:४७
208
Shares

काठमाडौं। नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन्।

आइतबार उनी आफैं अदालत हाजिर भएका हुन्। उनको आजैबाट बयान तथा थुनछेक बहस सुरु हुनेछ। काठमाडौँ जिल्ला अदालतमा उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता छ। उक्त मुद्दाको थुनछेक बहसका लागि उनी आफै अदालतमा उपस्थित भएका हुन्।

स्वर्णलक्ष्मी सहकारी को रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

सो प्रकरणमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने गत साता नै अदालतमा हाजिर भएका थिए । उनी ६० लाख धरौटी तिरेर छुटिसकेका छन्। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविसँग धरौटी मागेको थियो।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो। यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *