सुप्रिम सहकारी ठगी प्रकरण: रविसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दायर
काठमाडाैं। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीमा २२ जनाविरुद्ध पूरकअभियोग दर्ता भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर पूरकअभियोग दर्ता गरिएकाे छ।
पूरकअभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ। यसअघि गत वैशाखमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो। लामिछानेसहित यो सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन्।
लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ।
२ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो। यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो।
लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी गठीमा ६० लाख धरौटी तिरेर रिहा भएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment