धरानका मेयर भन्छन्- प्रधानमन्त्रीले मसँग फेस गर्नै सकेनन्
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग ‘फेस गर्न नसकेको’ प्रतिक्रिया दिएका छन्।
मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न उनी सिंहदरबार पुगेका थिए। त्यसक्रममा उनले प्रधानमन्त्रीसँग भेट्न नपाएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उक्त आरोप लगाएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई।’
खानेपानीको समस्या सुनाउन भन्दै उनी सोमबार रित्तो गाग्रो बोकेर काठमाडौं उत्रिएका थिए। मंगलबार सिंहदरबारमा उनी रित्तो गाग्रोसहित पुगेका थिए। प्रहरीले गाग्रो खोसेको थियो।
खानेपानी मन्त्रालयलाई पटक पटक धरानमा पानी ल्याउन ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको मेयर साम्पाङले गुनासो गरिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment