सरकार परिवर्तन हुन्छ भन्नु निराधार : शेखर कोइराला

डिसी नेपाल
९ माघ २०८१ १४:५९
452
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका छन्। नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले उक्त कुरा बताएका हुन्।

कांग्रेस र एमालेको सात बुँदे सहमतिको जगमा सरकार बनेको भन्दै सरकार परिवर्तन हुने कुरा निराधार भएको उनले प्रष्ट पारे। उनले मुलुकको आर्थिक विकास, राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको बताए।

उनले दुईदलबीच भएको सहमति कार्यान्वयन गर्न सुझाव पनि दिए। संविधान संसोधनमा सबैको सहभागिता र अपनत्व कायम गराउन नेपाली कांग्रेस र एमालेबीचको सहमतिका साथै माओवादी केन्द्र, मधेसवादी दललगायत अन्य दलको पनि सहमति आवश्यक रहेको उनले बताए।

काठमाडौं जिल्ला अदालत अगाडि कानुन व्यवसायीमाथि भएको घटना अराजक भएको बताए। नेता कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशन तोकिएको समय अर्थात् २०८२ मंसिरमा नै गर्न आग्रह गर्दे आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिए। कोइरालाले सरकारले ल्याएको अध्यादेशको विषयवस्तु राम्रो भए पनि अध्यादेश ल्याउनु गलत भएको धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *