कोरियोग्राफर गोविन्दको स्मरण – ‘काम माग्दा ‘हाइट’ सानो रहेछ भन्दै फर्काउँथे’

डिसी नेपाल
४ भदौ २०७६ ११:४०

काठमाडौं। नेपाली चलचित्रमा गोविन्द राई चलेको नाम हो। विं.स. २०५४-५५ सालमा ‘चलचित्र’नामक चलचित्रबाट मुख्य कोरियोग्राफी यात्रा शुरु गरेका गोविन्दले हालसम्म ३ सय बढी चलचित्रमा कोरियोग्राफी गरिसकेका छन्। उनको कोरियोग्राफी रहेको पछिल्लो चलचित्र ‘जाइरा’हो। जुन यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ।

यो बिचमा गोविन्दले नेपालका चलेका पुराना तथा नयाँ थुप्रै कलाकारहरुलाई नचाईसकेका छन्। राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, धिरेन शाक्य, जीवन लुइँटेल, निखिल उप्रेती, राजवल्लभ कोइराला, मौसमी मल्लदेखि अहिलेका स्थापित कलाकारहरू प्रदीप खड्का, दयाहाङ राई, नम्रता श्रेष्ठ, विपिन कार्की, वर्षा राउत, पूजा शर्मा, स्वस्तिमा खड्का लगायतलाई उनले चलचित्रका गीतमा नचाएका छन्।

तर, कुनै समय यस्तो थियो, क्षमता हुँदाहुँदै पनि गोविन्दले काम पाउँदैनथे। हाइट कम भएको भन्दै धेरै ठाउँबाट उनी ब्याक हुनुपथ्र्यो।

डिसी नेपालसंगको कुराकानीमा उनी सम्झन्छन– ‘एकजना दिदीले कामको लागि राष्ट्रिय नाँचघरमा कुरा गर्न लैजानुभएको थियो। हाइट सानो रहेछ, हुँदैन भनेर फर्काइदिएका थिए। अन्य थुपै्र ठाउँमा त्यसैगरी फर्किएको छु।’

उनलाई प्रष्ट थियो– यो काम हाइटले भन्दा क्षमताले पाउने हो। त्यसैले त गोविन्दले हरेश खाएनन्। कामको लागि धेरैतिर भौतारिए।
अन्नतः नेपाली चलचित्रमा विकाउ बने। पहिलो चलचित्रमा गोविन्द एउटा गीतमा कोरियोग्राफीका लागि अनुबन्ध भएका थिए।

‘तर मेरो काम रुचाएपछि चलचित्रका सबै गीतमा मैले कोरियोग्राफी गरेँ,’– गोविन्द स्मरण गर्दै सुनाउँछन्। त्यसपश्चात उनलाई कहिल्यै कामको खाँचो भएन्। बरु ब्यस्तताका कारण अफर आएका थुप्रै चलचित्र छाडनुपर्यो। अहिले पनि चलचित्रमा गोविन्दको ब्यस्तता उत्तिकै छ।

कोरियोग्राफीबाट गोविन्दले थुप्रै अवार्डहरु जितेका छन्। क्यानडा, बेलायत, लण्डन, अमेरिका, हङकङ, सिंगापुर, दुवै, मलेसिया लगायतका देश पुग्ने अवसर पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *