एमाले नेता ऐन महरमाथि बलात्कार मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश

डिसी नेपाल
१० माघ २०८१ १३:१४
512
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि बलात्कार मुद्दामा अनुसन्धान गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौं समेतलाई प्रतिवादी बनाएर पीडितले निवेदन दिएकी थिइन्। उक्त उजुरीमाथि सुनुवाइ गर्दै न्यायाधिशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाले उक्त आदेश गरेका हुन्।

२०८० जेठमा आफू महरबाट बलात्कृत भएको भन्दै पीडितले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरेपछि हुलाकबाट पठाएको जाहेरी दर्ता भएको थियो।

जाहेरी दर्ता भए पनि मुद्दा चल्ने अवस्था नभएको भन्दै तामेलीमा राख्ने निर्णय गरेपछि पीडित सो निर्णयविरुद्ध उच्च अदालत पुगेकी थिइन्। २०८० जेठमा महरले पीडितलाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पीडितको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *