खाद्य सम्प्रभुताको आधिकार प्रदान गर्न राष्ट्रिय संवाद आयोजना
काठमाडौं। ग्रामीण पुनर्निर्माण नेपालले खाद्य र खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी राष्ट्रिय संवादको आयोजना गरेको छ। संस्थाले खाद्य सम्प्रभुताको लागि जलवायु उत्थानशील, लैंगिक उत्तरदायी र समावेशी खाद्य प्रणाली निर्माण गर्ने प्रतिबद्धताका साथ उक्त संवाद आयोजना गरिएको जनाएको छ।
राष्ट्रिय किसान समूह महासंघ, एलडीसी वाच, एफआईएएन नेपाल, एसएएपीईको सहकार्यमा ग्रामीण नेपालले बिहीबार राजधानीमा उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको खाद्य सुरक्षा सुनिश्चित गर्न जलवायु परिवर्तन र आर्थिक असमानता प्रमुख चुनौती बनेको उल्लेख गरेका थिए।
कार्यक्रमले खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार ऐन, २०८१ लाई कार्यान्वयन गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग मिल्ने समावेशी र लचिलो खाद्य प्रणाली निर्माण गर्न प्रणालीगत सुधारको आवश्यकतामाथि प्रकाश पारेको थियो।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै “जलवायु परिवर्तन र आर्थिक असमानता नेपालमा खाद्य सुरक्षाका लागि ठूला चुनौतीका रूपमा रहेकाे उत्पादनशील जमीनको उपयोग नहुनु, बाँझो जमीन बढ्नुले उत्पादनमा कमी, पोषण शिक्षाको कमीले चुनौतीलाई अझ जटिल बनाएको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment