जन्मका आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतले रोक लगायो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मका आधारमा गैर-अमेरिकी अभिभावकका सन्तानलाई अमेरिकी नागरिकता स्वतः दिइने प्रावधानलाई खारेज गर्ने कार्यकारी आदेशलाई अदालतले रोकेको छ।
अमेरिकाको सिएटलस्थित संघीय अदालतका न्यायाधीशले यो अस्थायी प्रतिबन्ध लगाएका हुन् ।
अदालतमा चारवटा अमेरिकी राज्यले जन्मका आधारमा बालबालिकालाई अमेरिकी नागरिकता दिने व्यवस्था खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउन माग गरेका थिए ।
अमेरिकी कानून विभागका एक वकिलले ट्रम्पको आदेशको पक्षमा तर्क गर्दा न्यायाधीशले सोधे, “के यो संवैधानिक हो ?” डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा विभिन्न अवस्थामा अमेरिकी नागरिकता नदिने उल्लेख छ ।
ट्रम्पको आदेशअनुसार यदि अमेरिकामा जन्मेका बच्चाकी आमा अवैध रुपमा बस्दै आएकी छिन्, यदि बुबा बच्चाको जन्मको समयमा अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दा होइनन्, बच्चाको जन्मको समयमा आमा संयुक्त राज्य अमेरिकाको कानुनी तर अस्थायी निवासी भएमा र बच्चाको जन्मको समयमा बुबा अमेरिकी नागरिक वा कानूनी स्थायी बासिन्दा नभएमा बच्चाले अमेरिकी नागरिकता पाउँदैनन् । ट्रम्पको यो कार्यकारी आदेश फेब्रुअरी १९ देखि लागू हुने भनिएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment